होन्डुरसमा जेलभित्र झडप, १८ कैदीको मृत्यु, १६ घाइते

एजेन्सी

तेगुसिगाल्पा

जेलभित्र भएको झडपमा परी होन्डुरसमा कम्तीमा १८ जना कैदी मारिएका छन्।  कैदी कैदीका बीचमा भएको झडपमा परी अरू १६ जना घाइते पनि भएको अधिकारीहरूले जानकारी दिएका छन्। 

उत्तरी बन्दरगाह शहर तेलामा रहेको कारागारमा शुक्रबार कैदीहरूका बीचमा झडप भएको जनाइएको छ। घटनास्थल राजधानी तेगुसिगाल्पादेखि १९० किलोमिटर टाढा पर्दछ। 

राष्ट्रपतिका एक सहयोगीले कारागार प्रणालीलाई आफूहरूले पुनःसंरचना गर्न लागेको बताएका छन्। उनले त्यसका लागि हस्तक्षेप गर्न आवश्यक भएको धारणा राखे। 

होन्डुरसका कारागारहरूमा भीडभाडका साथ २१ हजार कैदीहरूलाई राखिएको अधिकारीहरूले जानकारी दिएका छन्। 
 

प्रकाशित मिति: : 2019-12-23 20:39:41

प्रतिकृया दिनुहोस्