अस्ट्रेलियाको दशकको उत्कृष्ट टेस्ट टिममा कोहलीलाई कप्तानको नेतृत्व

अस्ट्रेलियाको क्रिकेट बोर्डले सोमबार एक दशकयताको उत्कृष्ट टेस्ट खेल्ने ११ खेलाडीको छनोट गरेको छ।

बिएल संवाददाता

सिड्नी, पुस ७

अस्ट्रेलियाको क्रिकेट बोर्डले सोमबार एक दशकयताको उत्कृष्ट टेस्ट खेल्ने ११ खेलाडीको छनोट गरेको छ।

जसमा अस्ट्रेलियाली क्रिकेट बोर्डले यस वर्षको अन्त्यमा पाकिस्तान र श्रीलंकाबीच कराचीमा भएको टेस्टयता सन् २०१० देखिको खेलाडीको सूचि तयार पारेको हो। टेस्ट टिमको कप्तानी भारतीय खेलाडीलाई सुम्पिएको छ भने सर्वाधिक खेलाडी इंग्ल्यान्डका छन्। 

अस्ट्रेलियाले भारतका वर्तमान कप्तान विराट कोहलीलाई दशकको उत्कृष्ट टेस्ट टिमको नेतृत्व सुम्पिएको छ। विराट मात्र यो टिममा सहभागी छन्। यसबाहेक इंग्ल्यान्डबाट प्रारम्भिक ब्याट्सम्यान एलेस्टर कुक, अलराउन्डर बेन स्टोक्स, तीब्र बलर स्टुअर्ट ब्रोड र जेम्स एन्डरसन छन्। 

टिम यस प्रकार छः 

एलेस्टर कुक, डेभिड वार्नर (प्रारम्भिक ब्याट्सम्यानद्धय), केन विलियम्सन, स्टिभ स्मिथ, विराट कोहली (कप्तान) (मिडलअर्डर ब्याट्सम्यान), एबी डिभिलियर्स (विकेटकिपर), बेन स्टोक्स (अलराउन्डर), डेल स्टेन, स्टुअर्ट ब्रोड, जेम्स एन्डरसन र नाथन लयोन (बलर)। लयोन एकमात्र स्पिनर हुन्। 
 

प्रकाशित मिति: : 2019-12-24 05:11:30

प्रतिकृया दिनुहोस्