इस्टर्न रिजन टी २० : नेपालको पहिलो प्रतिद्वन्द्वी चीन

आगामी फेब्रुअरीमा थाइल्याण्डमा आयोजना हुने एसीसी टी २० इस्टर्न रिजन प्रतियोगिताको पहिलो खेलमा नेपालले चीनको सामना गर्ने भएको छ।

एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो प्रतिद्वन्द्वी चीन परेको हो।

प्रतियोगितामा नेपालसहित आयोजक थाइल्याण्ड, भुटान,चीन, म्यानमार,हङकङ,सिंगापुर र मलेसियाले खेल्ने छन्।

समूह ए मा रहेको नेपालले फेब्रुअरी २९ मा चीनको सामना गर्नेछ। यस्तै  मार्च १ मा नेपालले थाइल्याण्डसँग खेल्दा मार्च ३ मा मलेसियासँग खेल्नेछ।

दुई समूहमा विभाजन गरेर खेलाईने प्रतियोगिताको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन्।

प्रकाशित मिति: : 2019-12-24 10:56:59

प्रतिकृया दिनुहोस्