टी २० र एकदिवसीय खेलका लागि भारतद्वारा टाेलीकाे घाेषणा, बुमराहकाे पुनर्गमन

रोहितलाई टी २० का लागि विश्राम

भारतले टी २० र एकदिवसीय क्रिकेटका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ।

भारतले सोमबार श्रीलंकाविरुद्धको टी २० र अष्ट्रेलियाविरुद्धको एकदिवसीय खेलका लागि टिमको घोषणा गरेको हो।

यस टिममा ढाडको चोटको कारण टिम बाहिर रहदै आएका बलर जसप्रित बुमराह चोटमुक्त हुँदै फर्किएका छन्।

यस्तै वेष्ट इण्डिजविरुद्धको सिरिजमा उत्कृष्ट खेल खेलका रोहित शर्मालाई टी २० का लागि विश्राम दिएको छ। 

भारतले जनवरी ५ देखि १० भित्र श्रीलंकासँग तीन खेलको टी २० सिरिज खेल्नेछ।

यस्तै जनवरी १४ देखि १९ भित्र भारतले अष्ट्रेलियासँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ।

दुबै सिरिजमा भारतको कप्तानी विराट कोहलीले गर्ने छन्।

प्रकाशित मिति: : 2019-12-24 11:10:09

प्रतिकृया दिनुहोस्