काेहली बने २०१९ मा सर्वाधिक रन बनाउने क्रिकेटर

दाेस्राे स्थानमा राेहित

 भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले सन् २०१९ मा सर्वाधिक रन बनाउने खेलाडी बन्दै वर्षको सुखद् अन्त्य गरेका छन्।

२०१९ को अन्तिम खेलमा वेस्ट इण्डिजविरुद्धको खेलमा ८५ रन बनाँउदै विराटले सन् २०१९ को सुखद् अन्त्य गरेका हुन्। विराटले सन् २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक  कोहलीले २ हजार ४ सय ५५ रन बनाएका छन्। यस्तै रोहित शर्माले २ हजार ४ सय ४२ रन बनाए। 

 त्यस्तै तेस्रो स्थानमा पाकिस्तानका ब्याट्सम्यान बाबर आजाम रहेका छन्। उनले सन् २०१९ मा २ हजार ८० रन बनाएका छन्।

त्यस्तै २०१९ को एकदिवसीय क्रिकेटमा भने रोहित शर्मा पहिलो नम्बरमा रहेका छन्। उनी २८ खेलमा एक हजार चार सय ९० रन बनाउँदै पहिलो स्थानमा रहे। 

भारतकै विराट कोहली दोस्रो स्थानमा रहेका छन्। उनले सन् २०१९ को एकदिवसीय क्रिकेटमा पाँच सतक र सात अर्धशतकको मद्दतमा एक हजार तीन सय ७७ रन बनाएका छन्। 
 

प्रकाशित मिति: : 2019-12-24 21:06:44

प्रतिकृया दिनुहोस्