पाकिस्तानका नसीम बने टेस्टमा ५ विकेट लिने कान्छा फास्ट बलर

Picture Credit:prabhasakshi.com

पाकिस्तानले घरेलु मैदानमा १३ वर्षपछि पाहुना टोली श्रीलंकालाई हराउँदै टेस्ट सिरिजमा कब्जा जमाएको छ।

पहिलो टेस्ट बराबरीमा सकिएकोमा उसले २६३ रनले श्रीलंकालाई दोश्रो टेस्टमा हराउँदै सिरिज १-०ले आफ्नो पक्षमा पारेको हो। दोस्रो टेष्टमा श्रीलंकालाई २ सय ६३ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तानले टेष्ट सिरिज जित्याे।

यस म्याचमा पाकिस्तानका चार ब्याटस्म्यानले शतक बनाए। ओपनर शन मसुदले १ सय ९८ बलमा ७ चौका र ३ छक्का सहित १ सय ३५ रनको शतकीय इनिङ खेले। त्यस्तै लगातार दोस्रो टेष्ट खेलमा आविद अलीले २ सय ८१ बलमा २१ चौका र १ छक्का सहित १ सय ७४ रन जोडे।

श्रीलंकासँगको पहिलो टेष्टमा डेब्यू खेलमा पनि आबिदले कीर्तिमानी शतक प्रहार गरेका थिए। यता कप्तान अजहर अली १ सय ५७ बलमा १३ चौका सहित १ सय १८ रनमा स्टम्पिङ आउट भए। युवा ब्याट्सम्यान बाबर आजम १ सय ३१ बलमा ७ चौका र १ छक्का सहित एक सय रनमा अविजित रहे।

यसका बाबजुद सबैभन्दा बढी चर्चा भने युवा बलर नसीम शाहले बटुले। शाहले म्याचको अन्तिम पारीमा ३१ रन दिएर पाँच विकेट लिएपछि उनले चर्चा  बटुलेका हुन्।

यसले उनलाई टेस्ट क्रिकेटमा पाँच विकेट लिने सबैभन्दा कान्छा फास्ट बलर बनाएको छ। 

नसीमले यो उपलब्धी १६ वर्ष ३०७ दिनको उमेरमा हासिल गरेका हुन्। उनले यो प्रदर्शनबाट आफ्नै देशका मोहम्मद आमिरको कीर्तिमान भंग गरेका छन्। आमिरले १७ वर्ष २५७ दिनको उमेरमा टेसट क्रिकेटमा पहिलोटपक पाँच विकेट लिएका थिए।

आफ्नो देशको कीर्तिमान भंग गरेपनि नसिम पाँच विकेट लिने सबैभन्दा कान्छा बलर भने बन्न पाएनन्। यो कीर्तिमान पाकिस्तानकै नसीम उल गनिको नाममा छ। गनीले सन् १९५८ मा जर्जटाउनमा वेस्ट इण्डिजविरुद्ध १६ वर्ष र ३०३ दिनको उमेरमा पाँच विकेट लिदैं कीर्तिमान बनाएका थिए। 

प्रकाशित मिति: : 2019-12-24 21:45:13

प्रतिकृया दिनुहोस्