'मन्त्रीज्यू अध्ययन गर्दै हुनुहुन्छ'

लोकान्तर

काठमाडाैं

नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले मन्त्री भएलगत्तै १ महिना आफूलाई मन्त्रालय बुझ्नुपर्ने भएकाले समय दिन सञ्चारकर्मीलाई आग्रह गरेका थिए।

नेपालका कतिपय कम्युनिस्ट कार्यकर्तालाई मार्क्सवाद पढाउने ‘गुरु’ समेत रहेका भुसालले कृषि तथा पशुपन्छी विकास जस्तो प्राविधिक मन्त्रालय कसरी सम्हाल्लान् भन्ने जिज्ञासा चासोको विषय बनेको थियो। 

‘म लोभ र डरमा काम गर्दिनँ,’ मंसिर ५ गते पदभार ग्रहण गर्दै भुसालले भनेका थिए, ‘मलाई सिक्ने समय चाहिन्छ, सिक्दै–बुझ्दै काम गर्छु। कृषि क्षेत्रमा आधुनिकीकरणको प्रयास गर्छु।’ 

भुसालले मन्त्रालयको पदभार सम्हालेको १ महिनाभन्दा बढी भइसकेको छ। यसअघि सरकारको जमेर आलोचना गर्ने भुसाल मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म बसेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० स्थायी कमिटी बैठकमा नरम देखिएका थिए। 

उनी मन्त्रालयमा पनि हत्तपत्त कसैसँग बोल्दैनन्। मन्त्रालयका दैनिक कामहरू गर्दा कर्मचारी र आफू निकटका व्यक्तिहरूसँग बढी नै परामर्श लिइरहेका हुन्छन्।

प्रकाशित मिति: : 2019-12-25 03:54:17

प्रतिकृया दिनुहोस्