‘डकुमेन्ट्री’ भन्दै मोडलको बलिको तयारी

बिराटनगरमा प्रहरीको अपरेसन, गिरोहका सात सदस्य पक्राउ

सुजन पन्त

काठमाडौं

पुस ४ गते दिउँसो झापाकी एन्जिला (नाम परिवर्तन) हतार–हतार महानगरीय प्रहरी परिसर काठमाडौँ पुगिन्। एन्जिलाको अनुहारमा एकखालको डर झल्किन्थ्यो।

एन्जिला परिसर पुग्दा काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदी कार्यालयमै थिए। तर, व्यस्त। एसएसपी सुवेदीलाई पर्खेर बाहिर नै बसिरहिन् एन्जिला।

३० मिनेट बाहिर बसेकी एन्जिलालाई एसएसपी सुवेदीले भित्र आउन भने। एन्जिलासँगै उनका भाइ पनि थिए। भित्र छिरेपछि एसएसपी सुवेदीले ‘तपाईंहरुको समस्या के हो ?’ भनेर प्रश्न गरे।

‘मोडलिङमा लगाइदिन्छु भन्दै एउटा समूहले भारत–नेपाल बोर्डरमा लगेर सुटिङ गर्नुपर्ने भनेपछि शङ्का लागेर यहाँ आएको,’ एन्जिलाले आफ्नो समस्या पोखिन्, ‘मासु–रक्सी खान नहुने भन्छन्। पूजा लगाउनुपर्ने, पूजा लगाइसकेपछि लड्डु खानुपर्ने रे ! लड्डु खाएपछि पुरै बेहोस हुने। भारतमा लुकाएर राखिएको कालो धनहरु कहाँ–कहाँ छ सबै देख्छ। कालो धनलाई सेतो बनाएर नेपाल भित्र्याउने र सबैले मिलेर बाँड्ने रे।’

एसएसपी सुवेदीले घटनाबारे थप खुलाउन भनेपछि एन्जिलाले घटनाबारे सविस्तार सुनाइन्। 
 

प्रकाशित मिति: : 2019-12-26 02:50:16

प्रतिकृया दिनुहोस्