हिजोसम्म सरकारलाई दुई तिहाइको दम्भ थियो, अब समाप्त भयो: यादव

समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

पार्टीको बुधबार बसेको पदाधिकारी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए। ‘समाजवादी पार्टीले नेकपाको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ। अब समाजवादी प्रतिपक्षको भूमिका निर्वाह गरेको निर्णय गरेको जानकारी गराउँछु’ उनले भने।

उनले पार्टी अब प्रतिपक्षमा रहेर संविधान परिमार्जन गर्ने संशोधन गर्ने र सबैको संविधान बनाउने कार्यमा लाग्ने बताए। ‘हिजोसम्म सरकारलाई दुई तिहाइको दम्भ थियो, अब आजदेखि समाप्त भयो’ यादवले भने।

अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन अस्वीकार गरेपछि सरकारमा बसिरहनुको औचित्य नभएको बताए।

प्रधानमन्त्रीले गठबन्धनको स‌ंस्कृतिलाई स्वीकार नगरेको, एकलौटी ढं‌गबाट अघि बढेको पनि यादवले आरोप छ। प्रतिनिधिसभामा समाजवादी पार्टीको १७ सिट रहेको छ। समाजवादीले समर्थन फिर्ता लिएपछि सरकारलाई संसदमा दुई तिहाइ बहुमतको समर्थन रहने छैन।
 

प्रकाशित मिति: : 2019-12-26 03:52:41

प्रतिकृया दिनुहोस्