पक्राउ परेका चिनियाँ नागरिकको अपराधबारे प्रहरी नै अनविज्ञ, गाली गरेको भन्दै अभद्रमा म्याद थप

ठूलो संख्यामा ल्याप्टप र मोबाइल बरामद

तस्बिरहरु: बर्षा शाह/देश सञ्चार

काठमाडौँ – काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका चिनियाँ नागरिकहरु संलग्न अपराधबारे नेपाल प्रहरीले अनविज्ञता प्रकट गरेको छ।

इन्टरपोल बैठकमा चिनियाँ र नेपाली सुरक्षा अधिकारीबीच भएको खबर आदान प्रदानका आधारमा गैरकानुनी कार्यमा संलग्न रहेको भन्दै १२२ जना चिनियाँ नागरिकलाई काठमाडौँको मनमैजु, महाराजगञ्ज र बुढानिलकण्ठबाट पक्राय गरिएको प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । तर उनीहरु कुन अपराधमा संलग्न थिए भन्ने प्रहरीले स्पष्ट पारेको छैन ।

प्रकाशित मिति: : 2019-12-26 07:50:17

प्रतिकृया दिनुहोस्