कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित

कोरम नपुगेपछि संघीय संसद, अर्थ समितिको बैठक स्थगित भएको छ।  

बिहीबार बिहान ११ बजेका लागि सिंहदरबरमा बोलाइएको बैठकमा समितिका सदस्यहरूको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो।

 बैठकमा राजस्व परिचालन र बजेट कार्यान्वयनमाथि छलफल हुने कार्यतालिका थियो। अर्को बैठक पुष १६ गते बोलाइएको छ।  
 

प्रकाशित मिति: : 2019-12-27 01:43:40

प्रतिकृया दिनुहोस्