पीपीएल: बुटवलाई १६६ रनको लक्ष्य

पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत इलिमिनेटरमा विराटनगर टाइटान्सले बुटवल बलास्टर्सलाई १६६ रनको लक्ष्य दिएको छ।

पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६५ रन बनाएको हो।

विराटनगरका लागि सुनीलले अर्धशतकीय पारी खेले। ५४ बल खेलेका उनले ६ चौका र २ छक्काको सहयोगमा ६१ रन बनाए।

यता कप्तान प्रदीप ऐरीले ३३ बनाए। पुनित मेहेरा र लोकेश भामले समान १९–१९ रनको योगदान गरे।  

बुटवलका लागि हर्ष टङले दुई विकेट लिए। त्यस्तै ललित भण्डारी र अविनाश बोहोराले एक–एक विकेट लिए।

प्रकाशित मिति: : 2019-12-27 03:12:47

प्रतिकृया दिनुहोस्