'अब उपेन्द्रजी के गर्नुहुन्छ त्यो हेर्न बाँकी छ '

उपेन्द्र यादवजी सरकारमा जाँदा आत्महत्या नहुने, हामी जाँदा आत्महत्या हुने ? : लक्ष्मणलाल कर्ण, सहअध्यक्ष एवं प्रतिनिधिसभा सदस्य, राष्ट्रिय जनता पार्टी, नेपाल

रातोपाटी

काठमाडौं

राष्ट्रियसभाका लागि नेकपा र राजपाबीच भएको दुई बुँदे सम्झौताले अहिले मधेशको राजनीति तातेको छ। तर धेरैलाई थाह नहुसक्छ, यो सम्झौताका सुत्रधार हुन्, राजपा नेपालका सहअध्यक्ष लक्ष्मणलाल कर्ण। कर्णले सम्झौताका लागि वतावरण मिलाएका थिए। सोही सम्झौतापछि मधेशको राजनीतिमा ठूलो तरङ आयो। कतिसम्म भने समाजवादी पार्टी सरकार छाड्न पनि बाध्य भयो। योसँगै अब राजपा नेपाल पनि सरकारमा जाने चर्चा शुरु भएको छ। विगतमा सरकार र मधेशवादी दलबीच हुने गरेको वार्ता र छलफलमा सहभागी हुँदै आएका कारण सरकार र मधेशवादी दलको ‘केमेस्ट्री’लाई राम्रोसँग बुझेका राजपा नेपालका सहअध्यक्ष एवं सांसद लक्ष्मणलाल कर्णसँग समाजवादी पार्टीको बहिर्गमन, राजपा नेपालको इन्ट्री र अगामी यात्रा लगायतका विषयमा रातोपाटीले गरेको कुराकानी प्रस्तुत छः

राजपा नेपाल कहिले सरकारमा सहभागी हुँदैछ ?

–राजपा नेपाल सरकारमा जाने त्यस्तो कुनै निर्णय गरेको छैन र  केही भएको पनि छैन।

त्यसो भने यत्रो चर्चा किन भइरहेको छ, केही नभएसम्म चर्चा पनि हुँदैन नि ?

प्रकाशित मिति: : 2019-12-27 06:02:03

प्रतिकृया दिनुहोस्