कजाकस्तानमा ९५ यात्रु बोकेको जहाज दुर्घटना

एजेन्सी

कजाखस्तान

कजाकस्तानमा शुक्रबार बिहान एउटा यात्रुवाहक जहाज दुर्घटना भएको छ।

बेक एयरको फ्लाइट नम्बर २१०० को जहाज अल्माटी विमानस्थलबाट उडेको केहीबेरमै एक बारमा ठोक्किएर दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विमानस्थल नजिकैको दुई तले घरमा बजारिको जहाज टुक्राटुक्रा भएको थियो।

राजधानी नुरसुल्तानका लागि उडेको जहाजमा ९५ यात्रु र पाँच चालक दलका सदस्य थिए। दुर्घटनामा परी कम्तिमा ९ जनाको मृत्यु भएको पुष्टि भएको छ भने जीवितहरूको उद्धार प्रयास जारी रहेको छ।

Bek Air #Z92100 crashed shortly after takeoff from Almaty this morning. Preliminary ADS-B data is available at https://t.co/mZRiDsJVkx. We are currently retrieving and processing granular ADS-B data for this flight. pic.twitter.com/n0G5sujqiM

— Flightradar24 (@flightradar24) December 27, 2019

उद्धारकर्मीहरू दुर्घटनास्थलमा पुगिसकेका छन्।

दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन।

प्रकाशित मिति: : 2019-12-27 23:09:00

प्रतिकृया दिनुहोस्