बालुवाटार, शीतलनिवास र खुमलटारको चेपुवामा सभामुख पद !

रातोपाटी

काठमाडाैं

सत्तारुढ दल नेकपा अनिर्णयको बन्दी बन्दा प्रतिनिधि सभाको सभामुख चयन प्रकृयामा ढिलाइ भएको छ। गत असोज १४ यता सभामुख पद खाली छ।

संसदमा नेकपाको बहुमत रहेकाले उसैले सभामुख पाउने निश्चित छ। तर त्यसका लागि मिलाउनुपर्ने आन्तरिक समिकरण नमिल्दा सभामुख छनोट प्रकृया लम्बिनुका साथै थप पेचिलो बन्दै गएको हो।

पुस पहिला साता बसेको नेकपाको सचिवालय बैठकले सभामुखको उम्मेदवार छनोट गर्ने जिम्मा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको थियो।

सभामुख बन्न नेकपाभित्रै आकाङ्क्षी धेरै भएपछि शक्ति सन्तुलन मिलाउन नेतृत्वलाई समस्या भएसँगै शीर्ष नेताहरु टुङ्गोमा पुग्न नसकेको नेकपाकै नेताहरुले बताएका छन्।

अध्यक्ष ओली र प्रचण्डले सभामुखका लागि छुट्छुट्टै नाम (सुवास नेम्वाङ र अग्नि सापकोटा) अघि सारेका छन्। नेम्वाङ र सापकोटाको अलवा वर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे पनि सभामुखको दौडमा छिन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीको अप्रत्यक्ष ‘धाप’ रहेको छ।

प्रकाशित मिति: : 2019-12-28 00:50:01

प्रतिकृया दिनुहोस्