मोरक्कोमा राजालाई 'गधा र अछुत' भनेको भन्दै युट्युबरलाई जेल सजाय

एजेन्सी

मोरक्को

मोरक्कोमा राजालाई अपमान गरेको अभियोगमा एक चर्चित युट्युबरलाई चार वर्षको जेल सजाय तोकिएको छ।

मोहमद सेक्काकी नामका युट्युबरले आफ्नो देशका राजा अपमानित हुने प्रकृतिको भिडियो सार्वजनिक गरेको भन्दै उनलाई जेल सजाय सुनाइएको हो।  

युट्युबरलाई यही डिसेम्बरको सुरुमा प्रहरीले पक्राउ गरेको थियो। स्थानीय मिडियाका अनुसार उनले भिडियो मार्फत मोरक्कोका जनतालाई गधा भन्नुका साथै राजा मोहम्मद छैटौंलाई अछुत भनेका थिए।

मोरक्कोमा पछिल्लो समय अभिव्यक्ति स्वतन्त्रता विरुद्ध सरकारले गरेका निर्णयको मानवअधिकारकर्मीले विरोध गर्दैआएका छन्। यसअघि मोरक्कोमै र्यापरलाई सरकारी अधिकारीलाई टिप्पणी गरेको भन्दै एक वर्षको जेल सजाय दिइएको छ।

प्रकाशित मिति: : 2019-12-28 05:49:53

प्रतिकृया दिनुहोस्