न्युजिल्याण्डविरुद्धको दोस्रो टेष्टमा अष्ट्रेलियाकाे फराकिलो जित

अष्ट्रेलियाले विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत पाहुना टिम न्युजिल्याण्डविरुद्धको दोस्रो टेष्टमा फराकिलो जित निकालेको छ।

अष्ट्रेलियाले दिएको ४ सय ८८ रनको लक्ष्यसहित दोस्रो इनिङ्स थालेको न्युजिल्याण्ड तेस्रो दिन २ सय ४० रनमा अलआउट भयो।

न्युजिल्याण्डको लागि टम ब्लुन्डेलले १ सय २१ रनको शतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै हेनरी निकोलसले ३३ तथा मिचेल स्टाननरले २७ रन बनाए।  

अष्ट्रेलियाका नाथन लायनले ४ तथा जेम्स प्याटीनसनले ३ विकेट लिए।

पहिलो इनिङ्समा न्युजिल्याण्डले अलआउट हुँदै १ सय ४८ रन बनाएको थियो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो इनिङ्समा ४ सय ६७ रन बनाएको थियो। अष्ट्रेलियाका लागि टर्भिस हेडले १ सय १४ रनको शतकीय इनिङ्स खेलेका थिए।

यस्तै दोस्रो इनिङ्समा १ सय ६८ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेको थियो।

पहिलो टेष्टमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई २ सय ९६ रनले हराएको थियो।

दुई टोलीबीचको तेस्रो टेष्ट शुक्रबार सुरु हुनेछ।

प्रकाशित मिति: : 2019-12-30 01:43:25

प्रतिकृया दिनुहोस्