अमिताभलाई ‘दादा साहब फाल्के अवार्ड’ प्रदान

एजेन्सी

दिल्ली

बलिउडका नायक अमिताभ बच्चनलाई ‘दादा साहब फाल्के अवार्ड’ प्रदान गरिएको छ। उनलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले यो अवार्ड प्रदान गरेका हुन्। भारतीय चलचित्र उद्योगमा उत्कृष्ट योगदान गरेको भन्दै उनलाई यो अवार्ड प्रदान गरिएको हो।

भारतमा सन् २०१९ को ‘दादा साहब फाल्के अवार्ड’ प्रतिष्ठित मानिन्छन्।

खासमा गत साता आइतबार नै राष्ट्रिय फिल्म पुरस्कार वितरण समारोह आयोजना गरिएको थियो, तर उक्त समारोहमा उपस्थित भएर सम्मान थाप्न बच्चनलाई स्वास्थ्यले साथ दिएन। तसर्थ, महानायक अमिताभ बच्चनकै लागि आइतबार पुनः अलग्गै समारोह आयोजना गरिएको थियो, जसमा उपस्थित भई राष्ट्रपति रामनाथ कोविन्दको हातबाट उनले दादासाहेब फाल्के पुरस्कार ग्रहण गरे। यो समारोहमा अमिताभको साथमा पत्नी जया बच्चन र छोरा अभिषेक बच्चन पनि उपस्थित थिए ।

आफूलाई सम्मान प्रदान गरेकोमा राष्ट्रपति रामनाथ कोविन्दलाई धन्यवाद दिएपछि आफ्नो सम्बोधनमा उनले फिल्म उद्योग र भारतीय जनताका साथै आफ्ना तमाम दर्शकलाई पनि धन्यवाद दिए।

अमिताभले भने–‘भगवानको कृपा, मेरो माता पिताको आर्शिवाद, बलिउडकर्मीको समर्थन र भारतीय जनताको मायाले म यहाँ उपस्थित छु।’ उनले आफू ५० बर्षदेखि बलिउडमा काम गरिरहेको भन्दै पुरस्कार स्विकार गरेको बताए ।
 

प्रकाशित मिति: : 2019-12-31 01:21:30

प्रतिकृया दिनुहोस्