डोकलम विवादमा चीनसँग भिडेका जर्नेल नरवणे भारतको सेना प्रमुख नियुक्त

लेफ्टिनेन्ट जर्नेल मनोज मुकुन्द नरवणे मंगलबार भारतको २८ औं सेना प्रमुख भएका छन्।

लेफ्टिनेन्ट जर्नेल मनोज मुकुन्द नरवणे मंगलबार भारतको २८ औं सेना प्रमुख भएका छन्। सेना प्रमुख जर्नेल बिपिन रावतको ३ वर्षे कार्यकाल मंगलबार समाप्त भएपछि उनलाई नरवणेले प्रतिस्थापन गरेका हुन्। 

नरवणेले पद तथा गोपनियताको सपथ लिएपछि मंगलबार नेशनल वार मेमोरियलमा पुगेर शहिदलाई श्रद्धाञ्जली दिए। उनी भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) पनि नियुक्त भएका हुन्। उनले बुधबारदेखि काम सुरु गर्ने छन्। 

जर्नेल रावतले सेना प्रमुखको रूपमा अन्तिम पल्ट मंगलबारै परेडमा सलामी लिए। उनलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको थियो। 

नवनियुक्त जर्नेल नरवणेले यसअघि पूर्वी क्षेत्रको कमाण्ड सम्हालिसकेका छन्। ३७ वर्षको सेवा अवधिमा उनी जम्मू–काश्मिर र पूर्वोत्तरमा खटिएका थिए। भारत, चीन र भुटानको सीमा जोडिएको डोकलम विवाद हुँदा नरवणे सिक्किममा खटिएका थिए। 
 

प्रकाशित मिति: : 2020-01-01 04:22:37

प्रतिकृया दिनुहोस्