टिनको छानामुनि जिउ ढाक्न नपुग्ने सिरकमा उखु किसान, बिरामी पर्न थाले

‘काठमाडौंको चिसो र ३६ प्रतिशत ब्याजले निद्रा हरायो’

उखु किसान महेन्द्र महतो। तस्बिर : नारायण महर्जन/सेतोपाटी

सोमबार राति काठमाडौंको तापक्रम १.५ डिग्री सेल्सियस थियो। सिरकभित्र गुटुमुटु भएका वा ब्लांकेटले ज्यान छोपेर सुतेका हामीलाई त रातिको त्यो तापक्रमको के मतलब!

सलार्हीका महेन्द्र र रौदी महतोको बूढो ज्यानलाई भने काठमाडौंको यो जाडोले गलाएको छ। उनीहरू अरूजसरी रातमा निदाउन सक्दैनन्। टिनको टहरामुनि टाउको छोपे खुट्टा नपुग्ने, दाँया छोपे बाँया नपुग्ने ओढ्ने ओढेर चिसो रात कटाउनु परेको छ।

प्रकाशित मिति: : 2020-01-01 12:00:08

प्रतिकृया दिनुहोस्