विप्लवका दुई मोरङ जिल्ला सदस्यले गरे आत्मासमर्पण

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका दुईजना मोरङ जिल्ला सदस्यले आत्मासमर्पण गरेका छन्।  कानेपोखरी गाउँपालिका ४ का वुद्धिराज माझी र रामबहादुर माझीले जिल्ला प्रशासन कार्यालय मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीसमक्ष आत्मासमर्पण गरेका हुन् ।

पार्टीले शान्तिपूर्ण भन्दा पनि हिंसात्मक गतिविधिको बाटो अबलम्वन गरेका कारण चित्त नबुझेर पार्टी परित्याग गर्दै आत्मासमर्पण गरेको उनीहरुले बताए ।

 आत्मासमर्पण गरेका दुवैजनालाई मानव अधिकारकर्मीको जिम्मा लगाएर पठाइएको सहायक प्रजि भण्डारीले बताए। 
 

प्रकाशित मिति: : 2020-01-04 01:36:41

प्रतिकृया दिनुहोस्