गणेश दाइः धेरै बोल्दैनन्, जो ‘साधना’ मात्रै गरिरहन्छन्

गणेश दाइ अर्थात् गणेश निरौला। यो नाम सुन्नैपर्ने वा प्रशस्त सुनिएको नाम होइन। यस नामले उस्तो आफूलाई सुनाउनै पर्ने गरी कहिल्यै ठूलो स्वरले कराएन पनि। कहिलेकाहीँ कराओस् जस्तो लाग्थ्यो मलाई, तर उसलाई त्यसरी कराउनमा खासै अर्थ लागेन। उसलाई लाग्थ्यो यहाँ खै को कराएको छ र? निक्कै कराउनेहरूको आवाज पनि कसले कति सुनेको छ र?

आजभन्दा चालिस वर्षअघि मेरो भेट भएको हो उनीसँग, जब म कलेज पढ्नका लागि इलाम क्याम्पस पुगेको थिएँ। इलाम क्याम्पस पढ्दाका मेरो कलेज जीवनका कुराहरू मैले पहिले नै धेरै लेखिसकेको छु। यहाँ म ती कुरा दोहोर्‍याउँदिनँ। खालि मलाई केही कुरा भन्नुछ गणेश दाइका बारेमा।

म इलाम पुग्दा उनी कलेजबाट बाहिरिइसकेका थिए। कलेजबाट बाहिरिएको कारण पनि फरक थियो। चर्चा थियो-

प्रकाशित मिति: : 2020-01-04 22:06:12

प्रतिकृया दिनुहोस्