‘लप्पन छप्पन २’को टिजर सार्वजनिक

‘लप्पन छप्पन २’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरले सिनेमामा जालझेल र बदलाको कथा हुने देखाएको छ।

टिजरमा कलाकारहरुलाई भिन्न अवतार देख्न सकिन्छ। मुकुन्द भट्ट निर्देशित ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रृजना सिना, रन्जीत ओन्तालगायतले अभिनयमा डेब्यु गर्दैछन्।

एक्सन ड्रामा श्रेणीमा राखिएको सिनेमामा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतको अभिनय छ। 

पुरुषोत्तम प्रधानले खिचेको सिनेमामा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट९एमआर आरजे०, दीपक आरजे र बुलेट फ्लोको संगीत छ।

वैशाख १२ मा रिलिज हुनेछ।

प्रकाशित मिति: : 2020-01-11 21:43:23

प्रतिकृया दिनुहोस्