मुसा मारेर खाँदा...

कुइरेको डायरी

 याकप कसेल

काठमाडौं

कुइरेको डायरीः सानो बेलामा मैले एक फ्रेन्च नागरिकबारे पढेको थिएँ। उसले साइकल खाएको थियो, मान्छेले खाना खाएजस्तै सामान्य तरिकामा।

उसले पूरै साइकल चपाउन मिल्ने आकारमा टुक्राटुक्रा पारेर एकपछि अर्को गर्दै सबै पाटपूर्जा खाएको थियो। अनि प्रत्येक टुक्रा एक घुड्की पानीले घुटुक्क गर्दै निलेको थियो रे।

ऊ पक्कै पनि बहुलाएको हुनुपर्छ। तर त्यति बेलाको उसको हरकतले मेरो मस्तिष्कमा गहिरो छाप छाडेको थियो।

मलाई जहिल्यै लाग्थ्यो, यो संसारको तौरतरिका अनुभव गर्न खानाको माध्यबाट चिहाउनुपर्छ। तर तिमीले जे खान्छौ, त्यही मात्र खान्छु भन्यौ भने अर्काको संसार चिहाउन गाह्रै पर्छ।

प्रकाशित मिति: : 2020-01-12 21:27:51

प्रतिकृया दिनुहोस्