भिडन्तमा चार सिरियाली सैनिक मारिए

एजेन्सी

दमासकस

पूर्वी सिरियामा बुधवार सिरियाली सेना र इस्लामिक स्टेट्स (आइएस) लडाकूबीच भएको भिडन्तमा परी कम्तीमा चार सिरियाली सैनिक मारिएका एक मानव अधिकारवादी समूहले जानकारी दिएको छ। 

सिरियाको दैर अल जोर प्रान्तको बुलाइल गाउँनजिकैे भिडन्त भएको ‘सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’ले जानकारी दिएको छ। 

आइएस लडाकू समूहले गरेको एम्बुस आक्रमणमा एक वरिष्ट सैनिक अधिकारीसहित पाँच सैनिकको मृत्यु भएको एक दिन पछाडी पुनः आइएसले आक्रमण गरेको बताइएको छ। 

अब्जरभेटरीका अनुसार सिरियामा सन् २०१९ को मार्चबाट सन् २०२० को जनवरीसम्म भएको यस प्रकारको आक्रामणहरुमा परी ३४१ जना सरकारी सैनिक तथा सरकार समर्थक लडाकू मारिएका छन्। त्यसगरी १०३ आइएस  लडाकू मारिएका जनाइएको छ। 

प्रकाशित मिति: : 2020-01-16 21:11:12

प्रतिकृया दिनुहोस्