जारी तनावका बीच इरानले इरानले इसराइलको सबैभन्दा ठूलो तेल प्रशोधन क्षेत्रमा मिसाइल प्रहार गरेको छ।
गएराति इरानले उत्तरी इसराइलको हाइफा बेमा रहेको तेल प्रशोधन क्षेत्रमा मिसाइल प्रहार गरेको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ। तेल प्रशोधन केन्द्रको हमलाका भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल छन्।
हमलापछि त्यस क्षेत्रमा फसेका मानिसहरूको बिहानसम्म लगाएर उद्धार गरिएको इजरायली अधिकारीहरूले जनाएका छन्।
गएराति इसराइलले इरानका ८० ठाउँमा लक्ष्य गरेर आक्रमण गरेको र इरानले इसराइलका चार स्थानमा लक्ष्य गरेर आक्रमण गरेको इसराइलको आपतकाली सेवा मगेन डेविड एडम (एमडिए) आपतकालीन सेवाले जनाएको छ।
चार दिनदेखि जारी आक्रमणमा इरानमा २२४ जनाको मृत्यु र १४ सय बढी मानिसहरू घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यता इजरायलमा २४ जनाको मृत्यु र सयौं मानिसहरू घाइते भएका छन्।