फेवामा भेटिएका एक ‘युनिक’ कलाकार (भिडियो सहित)

हाल उनी दाजुभाई तथा भाइभतिजसँगै सगोलमा बस्छन्। उनको आधा जीवन फेवातालकै वरिपरि वितिसकेको छ। 

पोखराको फेवाताल कलाकारका लागि उर्बर भूमि हो। यही उर्बर भूमिमा एक विशिष्ट कलाकार भेटिन्छन्। मिडियामा उनको नाम खासै सुनिदैन्।

तर, उनी फेवाताल वरिपरिका स्टार कलाकार हुन्। अर्थात उनलाई लेकसाइडको घाक कलाकार भनेर सम्बोधन गर्दा फरक नपर्ला!

नाम हो, सेतु अवतारी। उनले रंगमञ्चमा कहिल्यै काम गरेका छैनन्। तर, उनी रंगमञ्चका राम्रा भनिएका कलाकारको पनि पसिना छुटाइदिन सक्छन्, आफ्नो जीवन्त अभिनयको माध्यमले। 

फेवातालमा आउने स्वदेशी तथा विदेशी पाहुँना उनको कला देखेर त्यतिकै लट्ठीने गरेका छन्। उनी आफ्नो एक्लो जीवनबाट खुसी छन्। एक पल्ट विदेशी महिलालाई गाइड गर्ने क्रममा उनको माया पनि बसेको रहेछ। तर, छोटो समयमै माया टुटेको उनी बताउँछन्। 

हाल उनी दाजुभाई तथा भाइभतिजसँगै सगोलमा बस्छन्। 

उनी कुरा पिच्छे आफूले तयार पारेको संवाद बोल्छन्। उनले नसुनेको र नचिनेको कलाकार नै छैन, नेपालमा। तर, मौका भने अहिलेसम्म पाउन सकेका छैनन्। उनी भन्छन्, ‘मलाई मौका दिए नयाँ भन्दा त धेरै राम्रो गर्छु।’ 

उनको पनि आधा जीवन फेवातालकै वरिपरि वितिसकेको छ। 
 

प्रकाशित मिति: : 2020-01-17 18:44:05

प्रतिकृया दिनुहोस्