भगवान कोइरालाको नेतृत्वमा काठमाडौं सहित सातै प्रदेशमा बाल अस्पताल बन्ने

हाम्रो देशमा बाल स्वास्थ्यबारे थुप्रै काम भएका छन्। प्राथमिक तहमा खोप लगाउनेदेखि अन्य कुरामा प्रगति भएको छ।

तर त्यतिले मात्र पुग्दैन। उपचारको क्षेत्रमा पनि त्यतिकै स्तर बढ्दै जानुपर्छ। विभिन्न विशेषज्ञ एउटै थलोमा बसेर काम गर्ने माहोल बन्नुपर्छ। नत्र बालस्वास्थ्यलाई धेरै माथि लैजान सकिन्न भन्ने सबैलाई थाहा छ।

म पनि विभिन्न कारणले बाल स्वास्थ्यसँग जोडिएको छु। बालबालिकाको मुटुको अपरेशन गर्नेमध्येको एक चिकित्सक हुँ।

हुन त मैले युवा र वृद्धहरूको पनि अपरेशन गर्छु तर बच्चाहरूमा मेरो विशेष चाख र दख्खल छ।

प्रकाशित मिति: : 2020-01-18 22:45:07

प्रतिकृया दिनुहोस्