नेयमारकाे नयाँ सम्झौता: पीएसजी मै रहने मनशाय !

ब्राजिलियन तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमारले पीएसजी मै रहने बताएका छन्।

नेयमारले पीएसजीमै रहने प्रतिबद्धता व्यक्त गरेपनि उनको नयाँ सम्झौताबारे क्लबको च्याम्पियन्स लिगको अबको यात्राले तय गर्नेछ। किन भने नेयमारले गत समरमा पीएसजी छाड्दै स्पेनिस क्लब बार्सिलोना जाने मनसायमा पुगेपनि दुई क्लबबीच छलफलमा कुरा नमिल्दा उनी पीएसजीमै रहेका थिए। 

नेयमारको बार्सिलोनामा फर्कने चाहनाको बारेमा निरन्तर कडा अनुमानको बाबजुत पीएसजी उनलाई लामो करारमा राख्ने सम्भावनाप्रति आशावादी छ। तर, यो निर्णय अप्रिल वा मे पछि मात्रै हुनेछ।

इएसपिएनका अनुसार पीएसजीले नेयमारलाई फ्रान्समै राख्न चहान्छ। तर, च्याम्पियन्स लिगको प्रदर्शनपछि निर्णय बदल्न सक्नेछ। पीएसजीले नेयमारलाई २०१७ मा च्याम्पियन्स लिग जित्ने लक्ष्यसहित विश्व कीर्तिमानी १९८ मिलियन पाउन्डमा स्पेनिस क्लब बार्सिलोनाबाट क्लबमा अनुबन्ध गरेको थियो। 

२७ वर्षे नेयमार लगातार चोटसँग जुधिरहेका छन्। नेयमारले पीएसजीमा २०१७ देखि हालसम्म ४९ खेलमा ४५ गोल गरेका छन्। यो सिजन पीएसजीमा नेयमारले १२ खेलमा ११ गोल र ५ असिस्ट दिएका छन्।
 

प्रकाशित मिति: : 2020-01-19 09:56:39

प्रतिकृया दिनुहोस्