‘काठमाडौं भ्यू टावर’का ठेकेदार मनोज भेटवाल पक्राउ

पुरानो बसपार्कमा निर्माणाधिन ‘काठमाडौं भ्यू टावर’का ठेकेदार व्यवसायी मनोज भेटवाल पक्राउ परेका छन्।

भेटवाललाई शुक्रबार बिहान अनामनगर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो।

भेटवाल इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक हुन्। उनीविरुद्ध १० करोडको बैङ्किङ कसुरको जाहेरी दर्ता भएकोले अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर स्रोतले जनायो।

भेटवाल यसअघि पनि चेक बाउन्स लगायत बैङ्किङ कसुरमा पक्राउ परेर छुटेका थिए।

प्रकाशित मिति: : 2025-06-27 11:50:00

प्रतिकृया दिनुहोस्