राजकुमार ह्यारी र मेगनले शाही उपाधि र सार्वजनिक कोषको प्रयोग गर्न नपाउने

बेलायती शाही उपाधि छोडेका राजकुमार ह्यारी र उनकी पत्नी मेगन मर्केलले सामाजिक सञ्जाललाई खुसी बनाएका छन् तर राजपरिवारलाई भने खिन्न बनाएका छन्।

ड्यूक र डचिस अफ ससिक्सले आफ्नो इन्स्टाग्राम खातामा आफूहरू "शाही परिवारको वरिष्ठ सदस्यको नरहने र आर्थिक रूपमा आत्मनिर्भर हुन" चाहेको बताएका थिए आर्थिक रूपमा आत्मनिर्भन हुने भन्ने कुरा बुझ्न उनीहरूको खर्च कहाँबाट आइरहेको छ भन्ने बुझ्नु जरुरी छ।

बकिङ्घम प्यालेसले राजकुमार ह्यारी र मेगनलाई शाही उपाधि (रोयल हाइनेस) र सार्वजनिक कोषको प्रयोग गर्न निषेध गरेको छ। 

शनिबार भएको सम्झौताअनुसार शाही परिवारको वरिष्ठ सदस्यता छोडेपछि यी सुविधाको लाभ लिन नसक्ने बकिङ्घम प्यालेसले घोषणा गरेको हो। यद्यपि ह्यारी राजकुमार र बेलायती शाही गद्दीको छैटौ सदस्य भने बनिरहने छन्। 

महारानी एलिजावेथ द्वितीयको तर्फबाट जारी गरिएको बयानमा भनिएको छ, ‘हामीसँगै मिलेर मेरो नाति र उसको परिवारको लागि सिर्जनात्मक र सहयोगात्मक बाटो खोजिएको छ। ह्यारी, मेगन र अर्चि सधैँ मेरो परिवारको प्रिय सदस्य हुनेछन्।’

नयाँ व्यवस्था लागू भएपछि ह्यारी र मेगनको शाही परिवारको सक्रिय सदस्यताको दर्जा पनि सकिनेछ। उनीहरु केवल 'ड्युक अफ् ससेक्स ह्यारी' र 'डचेस अफ् ससेक्स मेगन' को रुपमा चिनिने छन् र उनीहरुले 'हिज रोयल हाइनेस' र 'हर रोयल हाइनेस' उपाधिको प्रयोग गर्न पाउने छैनन्। 

परम्पराका अनुसार महारानीले आफ्नो शाही परिवारभित्रको पुरुष सदस्यको विवाहको दिन एउटा पदवी दिन्छिन्। 'ड्युक अफ् ससेक्स' का पदवी खाली थियो र बेलायतको शाही ताजको उत्तराधिकारीको क्रममा छैठौँ स्थानमा रहेका ह्यारी सम्भावित विकल्प हुने आशा थियो। 

उनीहरूले युकेस्थित घर विन्डसोरस्थित फ्रगमोर कटेज आफैँसँग राख्नेछन् जसको गत वर्ष सरकारी पैसाको ३१ लाख डलर खर्चमा मर्मत गरिएको थियो।

राजकुमार ह्यारी र मेगनको खर्च कहाँबाट?

राजपरिवारमा रहुञ्जेल उनीहरूलाई खर्चका लागि कहाँबाट पैसा आइरहेको छ र उनीहरूले त्यो छोडेर कहाँबाट खर्च जुटाउन सक्छन् त? ह्यारी र मेगनले अहिले उनीहरूको कार्यालयको ९५ प्रतिशत खर्च प्रिन्स अफ वेल्स अर्थात् ह्यारीका पिता चार्ल्सबाट आउने बताएका छन्।

उनले ह्यारी र मेगनको सार्वजनिक कार्यक्रमको साथसाथै राजकुमार विलियम र केटको निजी खर्चका लागि केही पैसा दिन्छन्। मेगन राजपरिवारसँग जोडिएको सन् २०१८-२०१९ मा चार्ल्सले त्यसरी तिर्ने रकम ६५ लाख डलर रहेको थियो।

उक्त रकम राजकुमार चार्ल्सको व्यापारिक संस्था डची अफ कोर्नवलबाट आम्दानी हुन्छ। सम्पत्ति र आर्थिक लगानीसम्बन्धी काम गर्ने सो संस्थाले गत वर्ष दुई करोड ८२ लाख डलर कमाएको थियो।

यसका साथै ससिक्स दम्पतीको पाँच प्रतिशत आम्दानी सरकारले राजपरिवारलाई दिने अनुदानबाट पनि आउँछ। यो खर्चमा सुरक्षाका लागि लाग्ने रकम समावेश गरिएको छैन। त्यसको छुट्टै व्यवस्था गरिन्छ।

सो अनुदान महारानीको स्वामित्वमा रहेको क्राउन इस्टेट भनिने व्यापारिक सम्पत्तिबाट हुने नाफाबाट जुटाइन्छ।

राजकुमार ह्यारी र मेगनको सम्पत्ति कति छ?
फर्च्युन पत्रिकाका अनुसार मेगनको सम्पत्ति करिब ५० लाख डलर रहेको छ।

यो उनले अमेरिकी टेलिभिजन टेलिभिजन कार्यक्रम सुट्समा अभिनय गर्दा कमाएको हो।

उनले प्रतिकार्यक्रम ५० हजार डलर लिने गरेको बताइन्छ।

मेगनले जीवनशैलीसम्बन्धी एउटा भिडिओ ब्लग चलाउँछिन् र क्यानडाको एउटा ब्रान्डको लागि फ्यासन डिजाइन पनि गर्छिन्।

विश्वका धनी मानिसहरूको विवरण राख्ने वेल्थ एक्सका अनुसार ह्यारीको चाहिँ कम्तीमा दुई करोड ५० लाख डलर सम्पत्ति रहेको छ।

उनी र उनका दाइ विलियमले आमा प्रिन्सेस अफ वेल्स डायनाले छाडेर गएको रकम पनि पाएका थिए।

सन् २०१४ मा ३० वर्षका भएपछि ह्यारीले आमा डायनाले खडा गरेको कोषबाट एक करोड डलर पाएको फर्च्यून म्यागाजिनले जनाएको छ।

एजेन्सीकाे सहयाेगमा

 

प्रकाशित मिति: : 2020-01-19 20:17:35

प्रतिकृया दिनुहोस्