सूचना प्रविधि विधेयककाे विराेधमा कांग्रेसले ७७ वटै जिल्लाबाट विराेधपत्र बुझाउँदै

नेपाली कांग्रेसले सूचना प्रविधि विधेयकको विरोधमा आइतबार देशैभरिको जिल्ला प्रशासन कार्यालयमार्फत विरोधपत्र बुझाउने भएको छ। 

सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने, विधेयकका कतिपय प्रावधान सविधानको मर्मको प्रतिकुल हुने र नागरिकको मौलिक अधिकार हनन हुने हुँदा विधेयक सच्याउनु पर्ने कांग्रेसले माग गर्दै आएको छ। 

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आज ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत विधेयक सच्याउन माग गर्दै सरकारलाई विरोधपत्र बुझाइने जानकारी दिए।

गएको पुस १७ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले सविधानप्रदत्त नागरिक अधिकार हनन हुने निष्कर्ष निकालेको थियो। 

प्रकाशित मिति: : 2020-01-19 21:10:29

प्रतिकृया दिनुहोस्