प्रचण्डको स्वीकारोक्ति र आस्था राउतको आक्रोश-के प्रधानमन्त्री ओलीसँग मुटु छ?

तस्बिर : देशसन्चार

विगत केही दिन यताका केही शीर्ष अभिव्यक्ति र घटनाले मुलुकको राजनीतिक अवस्था र राज्यको निरीहता एकातिर र अर्कोतिर अपराध र दण्डबीचको अन्तरसम्बन्धको धमिलो चित्र प्रस्तुत गरेका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेका राम्रा कामको सराहना गर्न नसकेको भन्दै सम्पादकहरुको मुटुको दुर्वलताको उपहास गरे। तर आफूले ‘समाजवाद’ को शपथ दिलाएका पत्रकार, सम्पादकको मुटुको चरित्र र साहसको प्रशंसा पनि उनले गरेनन्। हुन सक्छ, उनीहरुले पार्टीगत आधारमा गरेको प्रशंसालाई ओलीले पर्याप्त मानेनन्।

खासगरी भारतले २०७२ असोजपछि लगाएको आर्थिक नाकाबन्दी विरुद्ध ओलीले लिएको अडान र यसको प्रतिक्रिया स्वरुप चीनसँग गरेको व्यापार तथा पारवहन सम्झौतापछि उनले आम नेपालीसँगै सञ्चार माध्यम र सम्पादकहरु मार्फत पाएको प्रशंसा नै उनको आम निर्वाचनमा विजयको मुख्य कारण बन्यो।

प्रकाशित मिति: : 2020-01-20 01:04:12

प्रतिकृया दिनुहोस्