मेसीकाे गोलले बार्सा उक्ल्यो शीर्षस्थानमा

एजेन्सी

बार्सिलोना, स्पेन

स्पेनिस लालिगामा आइतबार ग्रानाडाविरूद्ध भएको खेलमा १-० को मुस्किल जीत निकाल्दै बार्सिलाेना शीर्षस्थानमा फर्केको छ। 

६९ मिनेटमा सान्चेस दोहोरो पहेलो कार्ड खाँदै बाहिरिएपछि ग्रानाडा १० खेलाडीमा सिमित भयो। १० खेलाडीको ग्रानाडाविरूद्ध गोलको खाता खोल्न मेसीको बार्सिलाेनालाई अरू ७ मिनेट कुर्नु पर्यो। 

खेलको ७६औै मिनेटमा कप्तान लियोनेल मेसीले एक गोल गरे। त्यसपछि पनि गोलको खडेरी नै लाग्यो। त्यही एक गोलले मेसीले बार्सिलाेनालाई शीर्षस्थानमा फर्काए।

स्पेनिस लालिगाअन्तर्गत आइतबार भएको  खेलमा  ग्रानाडाविरूद्ध एक गोल गरेर मेसीले उनको टीम बार्सिलाेनालाई शीर्षस्थानमा फर्काएका छन्। 

यो जीतसँगै २० खेलबाट ४३ अंकका साथ डिफेन्डिङ च्याम्पियन बार्सिलाेना शीर्षस्थानमा उक्लिएको छ। त्यति नै खेलबाट समान अंकका साथ रियल मड्रिड दोस्रो स्थानमा रहे पनि बढी गोल गरेका कारण बार्सिलाेना शीर्षस्थानमा रहेको हो । 

आइतबार नै भएका अर्को एक खेलमा मालोर्काले भ्यालेन्सियालाई ४-१ ले पराजित गरेर सनसनी मच्चायो । त्यसैगरी रियल बेटिसले रियल सोसिडाडलाई ३-० ले पराजित गर्यो । स्पानोलले भिलारेललाई १-० ले पराजित गर्दा एथ्लेटिक बिल्बाओ र सेल्टाभिगोले भने १-१ को बराबरी खेले ।

 

प्रकाशित मिति: : 2020-01-20 18:27:06

प्रतिकृया दिनुहोस्