अल्पमतमा पर्ने डरले सभामुखको अडानबाट पछि हटे ओली

एमसीसी संसदबाट अनुमोदन गराउन सहयोग गर्ने प्रचण्डको बाचा

दिपा दाहाल

काठमाडाैं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली आफ्नै बफादारलाई सभामुख बनाउनु पर्ने अडानबाट करिव ४ महिना टसमस भएनन्।

तर, अन्तिममा आएर आइतबार पूर्व एमाले पृष्ठभूमिका सुवास नेम्वाङलाई नै सभामुख बनाउनु पर्ने आफ्नो अडानबाट ओली किन पछि हटे त?

पार्टीका नेताहरुबाट मात्रै नभई नागरिकस्तरबाट समेत एकपछि अर्को मुद्दामा घेराबन्दी परेका ओलीले पूर्व सहमति अनुसार पूर्व माओवादीलाई सभामुख नदिने अडान राख्दा यो विवाद बहुमतबाट टुंगो लगाउने धम्की पार्टीभित्रकै प्रभावशाली नेताहरुले दिएका थिए, केही दिन अघि।

सभामुखका मामिलामा भोटिङ हुँदा आफू पराजित हुने देखेपछि मात्रै ओली आफ्नो अडानबाट पछि हटेका हुन्।

स्रोतका अनुसार पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नेता वामदेव गौतमको निवासमा भएको बैठक बसेपछि ओली सबैभन्दा धेरै झस्किएका थिए।

त्यसलगत्तै उक्त बैठकमा सामेल नेता नारायणकाजी श्रेष्ठलाई बोलाएर त्यसबारे विवरण माग गर्दै आफूलाई कसैले पनि एक्लो पार्न नसक्ने चेतावनी दिएपनि अन्तत : ओली आफू अल्पमतमा पर्ने सम्भावना बढी देखेपछि पूर्व माआवादीबाट अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउन तयार भएका हुन्।

 

 

प्रकाशित मिति: : 2020-01-20 20:43:51

प्रतिकृया दिनुहोस्