नोकझोंकमै आस्थालाई वारेन्ट काट्ने प्रहरी

शोभा शर्मा

काठमाडौँ
तस्बिर : सेतोपाटी

प्रहरीले गायिका आस्था राउतविरूद्ध अभद्र व्यवहारको उजुरी दिएर सिडिओबाट 'वारेन्ट' (पक्राउ पुर्जी) लिएको घटना अहिले विवादित छ। गएको बुधबार गायिका राउत कुनै कार्यक्रमका लागि सिक्किम जान त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर जाँदै थिइन्। उनी अहिले सिक्किममै छिन्।

पूर्वनिर्धारित कार्यक्रमका लागि त्यहाँ पुगेको सूचना बेवास्ता गर्दै प्रहरीले उनलाई ठूलै अपराध गरेर भागेका अपराधीजस्तो फरार सूचीमा राखेको छ। उनी भागेकी हैनन्। न त विमानस्थलमा भएको घटना उनीविरुद्ध वारेन्ट काट्नुपर्ने गरी गम्भीर प्रकृतिको थियो। विमानस्थलमा भएको के थियो?

प्रकाशित मिति: : 2020-01-22 00:00:53

प्रतिकृया दिनुहोस्