सलोन ‘ए मेरो हजुर ४’मा पनि अनुवन्धित

बिएल संवाददाता

काठमाडाै‌ं

नायक सलोन बस्नेतलाई निर्देशक झरना थापाले चलचित्र ‘ए मेरो हजुर ४’मा पनि अनुवन्धित गरेकी छिन्।

फागुण १३ गतेबाट छायांकनमा जान लागेको चिलचित्रमा भने नायक अनमोल केसी र नायिका सुहाना थापा मुख्य भूमिकामा रहनेछन्।

मुख्य नायकका रुपमा नचलेका सलोनलाई यस चलचित्रमा दर्शकले अनमोलको साथीको रुपमा देख्न पाउनेछन्।

स्मरण रहोसकी, सलोनले झरनासँग सहकार्य गरेको यो पहिलो चलचित्र भने होइन। ‘ए मेरो हजुर २ र ३’मा पनि उनले काम गरेका थिए।

प्रकाशित मिति: : 2020-01-23 02:19:19

प्रतिकृया दिनुहोस्