साविक विजेता एपीएफ फाइनलमा

बिएल संवाददाता

काठमाडाै‌ं

साविक विजेता एपीएफ क्लब पाँचौ संकरणको राष्ट्रिय महिला–पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बिहिबार भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सेटमा पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो।

एपीएफले पुलिसमाथि २५–१५, २५-१६ र २५-२२ को सेटमा जित निकाल्यो।

अब एपीएफले उपाधिका लागि न्यू डायमण्ड स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ।

प्रकाशित मिति: : 2020-01-24 00:46:37

प्रतिकृया दिनुहोस्