यसरी खेलेका थिए माघ ७ गते रंगेलीमा पूर्वएमाले रगतको होली !

मोरङस्थित रंगेलीमा चौथो शहीद दिवस मनाइएको छ। २०७२ साल माघ ७ गते मधेश आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उक्त दिवस मनाइएको हो। 

कार्यक्रममा आन्दोलनमा ज्यान गुमाउने शहिदका परिवारका सदस्यहरुलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा रंगेली नगरपालिका द्रोपति चौधरी, शिवु माझी र महादेव ऋिषिदेवका परिवार रहेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दे समाजवादी पार्टीका सांसद जयराम यादवले दुई तिहाइ सरकारले मधेशको मुद्दालाई सम्बोधन गर्ने नसकेको आरोप लगाए।

कार्यक्रममा राजकुमार यादव, हिरालाल मण्डल, पन्नालाल मंन्डल, शंकर प्रसाद साह र नगरपालिकाका सदस्य  शंकर कुमार साहलगायतको उपस्थिति रहेको थियो।

घटनाको सुरुवात कसरी भयो ? 

२०७२  पुस २९ गते एमाले निकट युथफोर्सले टुकुवामा आफ्नो बैठक गरेको थियो। उक्त बैठकमा श्रृषिकेश पोखरेल,पर्शुराम बस्नेत पनि थिए। युवासंघको बैठकले विभिन्न कार्यक्रम गर्ने घोषणा गरेको थियो। 

२०७२  माघ २ गते कार्यक्रम गर्ने भनिएपनि माघ ४ गते मात्र गर्ने तयारी भयो। उनीहरुले माघ ४ गते रंङगेली बजारमा सरसफाई कार्यक्रमको आयोजना गरे।  ५ गते सामान्य कोणसभा गरियो।

कोणसभामा सुरुमा मण्डल थर भएका मधेशी मुलका नेता बोले। उनले बोल्दा विवाद भएन तर जब पर्शुराम बस्नेत बोल्न थाले त्यसपछि नजिकै रहेका मधेशी मोर्चाका कार्यकर्ताले केपी ओली मुर्दावादको नारा लगाए। दुवै पक्षविच सामान्य विवाद र भनाभन पनि भयो। 

माघ ६ पूर्वएमालेका युवाहरुले रत्तदान कार्यक्रम पनि आयोजना गरे। जहाँँ ६० पाउण्ड रगत संकलन गरिएको थियो। अब ७ गते एमालेले सभा गर्ने निश्चित भइसकेको थियो। सूरुमा प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम तय भयो। तर माहोल सहज थिएन। ६ गते बेलुका नै मोर्चाका कार्यकर्ताले पूर्वएमालेको मञ्च भत्काउने चेतावनी दिएका थिए। त्यसबेला इलाका प्रहरी हालको नगरपालिकामा नै थियो। सोहि ठाउँमा कार्यक्रम पूर्वएमाले राखिएको थियो। 

मोर्चाका कार्यकर्ताले तयारी अवस्थामा रहेको कार्यक्रमस्थलमा पेट्रोल बम प्रहार गर्दै तोडफोड गरे। त्यहीँ दिन संकेत भइसकेको थियो,रङगेलीमा केही अनिष्ठ हुन्छ। नभन्दै त्यहाँ झडप भयो।

मोर्चाका कार्यकर्ता पन्नालाल मण्डल घाइते समेत भए। उनको टाउकोमा गम्भीर चोट लागेको थियो,उनि उपचाररतमा थिए। माघ ७  गते विहान कार्यक्रम जसरी पनि गर्ने एमालेको तयारी थियो। कांग्रेस, पूर्वएमाओवादी र स्थानीयवासीले पूर्वएमालेलाई कार्यक्रम नगर्न पटक– पटक आग्रह गरे। केन्द्रमा वार्ता चलेको वेला कार्यक्रम नगर्न सुझाव पनि दिए। तर पूर्वएमालेले मानेन्। यदि मानि दिएको भए सायद रगतको होली खेलिदैन थियो होला। 

७ गते विहान ११ बजे कार्यक्रम राखियो। पूर्वएमाले महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथी बनाउने भन्दै तयारी गरियो । तर विहान मौसम सफा भएन,निकै ठुलो वर्षा भयो। सायद भयानक सुनामी अघिको आँधि थियो।

मौसम केही मथ्थर भयो। ११ बजेको कार्यक्रम १२ बजे सारियो। तर मोर्चाका कार्यकर्ताहरु ठाउँ– ठाउँमा हातमा भाला,तरबार र लाठी लिएर जम्मा भएका थिए। अस्पताल चोकमा मोर्चाको प्रर्दशन सुरु भयो। प्रहरीले पहिलो फायरिङ सुरु गर्यो। शान्त बनेको मोरङमा गोलीको आवाज आउन थाल्यो डयाङ,ड्याङ।

प्रहरीले बोकेको अश्रुग्यास नजिकै रहेको पोखरीमा खस्यो,त्यसपछि त्यसले काम गरेन। एमालेका कार्यकर्ता बोकेका २ बस डाईनियामाबाट रङगेली आउदै थिए। प्रहरीले बसलाई रोक्यो। खतराको संकेत देखिएकाले नजान आग्रह गर्यो। तर कार्यकर्ताहरु मानेनन्। युवासंघका नेता कार्यकर्ता चढेका बसमा वियरका बोतल,भाला र अन्य घरेलु हतियार राखिएको थियो। त्यहाँ मोर्चाका कार्यकर्ता र पूर्वएमाले कार्यकर्तावीच कुटाकुट भयो। मोर्चाका कार्यकर्ताले दुईवटै बसहरु ना २ ख ३८२१ र को १ खा २६७९ मा आगजनी पनि गरे।

मोर्चाका कार्यकर्ताले पूर्वएमाले नेताहरुलाई नजरबन्दमा राख्ने प्रयास गरे। पूर्वएमाले नेता विनोद सुवेदी गम्भीर घाइते पनि भए। त्यहि झडपमा आफन्तको घरमा आएकी द्रोपती चौधरीको गोली लागेर ज्यान गयो।  मोरङ पुरै तनाव र शोकमा डुब्यो।  पूर्वएमालेको कार्यक्रम त भयो। महासचिव ईश्वर पोखरेलले ३ मिनेट बोले पनि। तर शान्त मोरङ रगतले लतपतियो।

प्रकाशित मिति: : 2020-01-24 03:41:30

प्रतिकृया दिनुहोस्