एमसीसी बारे पार्टीमा पर्याप्त छलफल भएको छ: प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)काे बिषयमा पार्टीमा पर्याप्त छलफल भएको बताएका छन्। सचिवालयमा छलफल गरेर राष्ट्रिय हितलाई सर्वोपारी राखेर मात्र अगाडि उनले बताए। 

शुक्रबार नवलपुरमा पार्टी नेता कार्यकर्तालाई सम्बोधन गर्दै एमसीसी धेरै पहिले सुरु भएको भएको जानकारी दिँदै प्रचण्डले यसमा धेरै विवाद गर्न नपर्ने बताए।

उनले भने, हामीले के भनेका छौं भने राष्ट्रिय हित अनुकुल हुने गरी जरुरी पर्दा अमेरिकासँग पुनः सम्वाद गरेर सम्भव हुनेसम्म परिमार्जन गरेर कार्यान्वयन गर्न उचित हुन्छ भन्ने स्पिरिटमा निर्णय गरेका छौं ।’

पछिल्लो समय अमेरिकी दूताबासले १० बुँदे स्पष्टीकरण आएको स्मरण गर्दै प्रचण्डले त्यसलाई पनि विचार गरेर नेपालको हितमा निर्णय गर्ने बताएका छन् । उनले अघि भने आजभोलि फेसबुकको जमाना छ, भएका नभएको विवाद पनि भयो भनेर फिल्डमा काम गर्ने तपाईहरुलाई कन्फ्यूज बनाउने षड्यन्त्र भएका छन् । यसप्रति सतर्क रहनु होला, हाम्रो पार्टी एकतावद्ध छ र रहनेछ ।’
 

प्रकाशित मिति: : 2020-01-25 03:05:22

प्रतिकृया दिनुहोस्