सोलोमोन द्वीपमा भूकम्प

एजेन्सी

काठमाडाै‌ं

 आएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले जानकारी दिएको छ।

यस भूकम्पपछि सुनामी चेतावनीको कुनै सुचना भने जारी गरिएको छैन। स्थानीय समयाअनुसार सोमबार अपराह्न ४ बजे सो भूकम्प आएको थियो।

राजधानी होनीआराबाट करिब १४० किलोमिटर दक्षिणपूर्वमा समूद्रको सतहबाट १७.७ किलोमिटर गहिराईमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको युएसजिएसले जानकारी दिएको छ। 

यस भूकम्पपछि हालसम्म सुनामीको कुनै चेतावनीको सूचना भने जारी नगरिएको सरकारी स्रोतले जानकारी  दिएको छ। 

सो भूकम्पको कारण हालसम्म धन जनको क्षतिको विवरण भने प्राप्त नभएको जनाइएको छ। सोलोमोन द्वीपमा बारम्बार भूकम्प आएको पाइन्छ। 
सन् २०१३ मा सोलोमोन द्वीपमा ८.० म्याग्नीच्युडको भूकम्प गएपछि आएको सुनामीमा परी कम्तीमा १० व्यक्तिको मृत्यु हुनुको साथै हजारौँ व्यक्ति घरवारविहीन भएका थिए।

प्रकाशित मिति: : 2020-01-28 02:29:20

प्रतिकृया दिनुहोस्