डम्बर नेपालीको नयाँ गीत ‘सुईटर फाटेकाे’ भिडियाेसहित सार्वजनिक

तेजन खड्का

काठमाडाैं

चर्चित गायक डम्बर नेपालीले आफ्नाे नयाँ गीत ‘सुईटर फाटेको’ भिडियो सार्वजनिक गरेकाे छ।

काठमाडाैंकाे अनामनगरस्थित किमची हाेटलमा आयाेजित पत्रकार सम्मेलनमा भिडियो सार्वजनिक गरिएको हाे। गायक नेपालीकै शब्द तथा संगीत रहेको गीतको भिडियो निर्देशन प्रविन भट्टले गरेका हुन्। भिडियोमा सम्झना रिमाल, विशाल घिमिरे, सोमु गुरुङ र जिना ब्रिजीले अभिनय गरेका छन्। 

डम्बर मुख्य भुमिकामा देखिएका छन्। ग्रामीण परिवेशकाे माया र गरिबीकाे पीडालाई गीतमार्फत उतारिएकाे गायक डम्बर नेपालीले बिएल नेपाली सेवालाई जानकारी दिए। ‘आफ्नो प्रेमिकाको छेउमा कसलाई ‘टिपटप’ बनेर हिड्न मन लाग्दैन र?’ गायक डम्बरले भने, ‘तर प्रेमिकालाई भेट्न सुईटर च्यातिएर समस्या भएको कुरा उल्लेख गरिएको छ।’

लामो समयदेखि नेपाली सांगीतिक यात्रामा अनवरत खटिएका नेपालीले ‘सुईटर फाटेको’ बाट आफू निकै आशावादी भएको बताए। गायक नेपालीको ‘मेरो जिवनबाट जाने भए जाँउ तर अन्तिम पल्ट भेट्न आउ ’ बोलको गीतले छिन्नलता पुरस्कार पाएको थियो।

प्रकाशित मिति: : 2020-01-30 07:58:41

प्रतिकृया दिनुहोस्