पहाडैपहाड पूर्व–पश्चिम

 – बाग्लुङ र रुकुम पूर्वको सिमाना रहेको चुलीमा हिउँले पुष्पलाल (मध्यपहाडी) लोकमार्ग केही दिनदेखि अवरुद्ध थियो। हिउँ हटाउन केही पहल नभएका बेला तन्नेरीहरुको टोली मोटरसाइकल लिएर त्यहाँ पुग्यो र लोकमार्गको स्थानीय आयोजना कार्यालयमार्फत बाटो खुलाउन अनुरोध ग-यो। त्यो सम्भव भएन। एकपल्ट स्काभेट हिँडाइदिए पनि सजिलो हुने उनीहरुको आशय थियो। त्यो पनि सम्भव नभएपछि युवाले हिउँले पुरिएको करिब १० किलोमिटर सडकमा मोटरसाइकल धकेलेर लुकुम भन्ने ठाउँनजिक पु-याए। यति मेहनत नगरेको भए पहाडैपहाड पूर्व–पश्चिम गर्ने लक्ष्य अधुरो हुन्थ्यो। मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु पाँचथरबाट मोटरसाइकलमा हिँडेका ती युवा सत्रौं दिनमा सुदूरपश्चिम बैतडीको झुलाघाट पुगे।

मध्यपहाडी लोकमार्गको निर्माणसँगै पहाडैपहाड पूर्व–पश्चिम यात्रा गर्न सम्भव बन्दैछ। कतै कालोपत्रे, कतै ग्राभेल त कतै कच्ची सडकको प्रयोग गरेर पहाडैपहाड पूर्व–पश्चिम यात्रा सम्भव हुँदै गएको हो। यो लोकमार्गले सहरलाई भन्दा पनि गाउँलाई बढी जोडेको छ। दुर्गम गाउँहरु सडक मार्गमा जोडिएका छन्। बाँकी काम चाँडै सम्पन्न हुने हो भने मध्यपहाडी क्षेत्रका बासिन्दाले थप सुविधा पाउने देखिन्छ।

प्रकाशित मिति: : 2020-02-01 23:56:23

प्रतिकृया दिनुहोस्