ला लिगा: मड्रिड डर्बीमा रियलको जित, बार्सिलाेनासँगकाे अंक दूरी ६ पुग्याे

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई पराजित गरेको छ। 

मड्रिड डर्बीमा रियल शनिबार राति रियलले १–० गोलको साँघुरो जित निकालेको हो। 

रियलको जितमा करिम बेन्जिमाको गोल निर्णायक बन्यो। उनले खेलको ५६ औं मिनेटमा गोल गरेका थिए । 

जितसँगै शीर्ष स्थानको रियलले २२ खेलमा ४९ अंक जोडेको छ। रियल दोस्रो स्थानको बार्सिलोनासँगको अंक दूरी ६ बनाएको छ। 

एक खेल कम खेलेको बार्सिलोनाको ४३ अंक रहेको छ। पाँचौं स्थानको एट्लेटिकोले ३६ अंक जोडेको छ।

प्रकाशित मिति: : 2020-02-02 11:36:03

प्रतिकृया दिनुहोस्