नायिका प्रियंका कार्की यतिबेला स्पेनको बार्सिलोनामा छिन्। आउँदो फागुनमा बिवाह गर्न लागेकी प्रियंका मोबाइल एप्प भाइबरको स्पोनसरमा बार्सिलोना पुगेकी हुन्।
उनले क्याम्प नाउमा रहँदा बार्सिलोना र लेभान्तेकीचको खेल पनि प्रत्यक्ष हेरेकी छिन्। उक्त खेलमा बार्सिलोना २–१ ले विजयी भएको थियो। बार्सिलोनाको जितमा अन्सु फातिले दुई गोल गरेका थिए।
उनले खेल सकिनै बितिकै तस्वीर पनि खिचेकी छिन्। सोही तस्वीर बार्सिलोना फुटबल क्लबको आधिकारिक फेसबुक पेजले समेत सेयर गरेको छ।
बार्सिलोनाको फेसबुक पेजमा केही मिनेटअघि मात्रै सेयर भएको उक्त तस्वीरको क्याप्सनमा ‘वी लभ नेपाल’ अर्थात् ‘हामी नेपाललाई माया गर्छौं’ लेखिएको छ।
बार्सिलोनाले नायिका कार्कीको तस्वीरका साथै भिडियोसमेत सेयर गरेको छ।
बार्सिलोनाको आधिकारिक फेसबुक पेजमार्फत् प्रत्यक्ष प्रसारणमा जोडिएकी उनले नेपाली भाषामा बोल्दै आफ्ना लागि यो ठूलो अवसर भएको सुनाइन्।
खेल सुरु हुनुअघि मैदानमै प्रत्यक्ष प्रसारणमा बोल्दै उनले भनिन्,‘नेपालमा बस्नुहुने धेरै जना यहाँ आउन चाहनुहुन्थ्यो होला। मैले सबैको यो सपना पूरा गरेकी छु।’
यसैगरी उनले क्याप नोउमा आफूलाई रमाइलो भएको सुनाउँदै भनिन्,‘यो एउटा यस्तो अवसर हो, जुन म जिन्दगीभरि बिर्सिन सक्दिँन।’
बार्सिलोनका फ्यान प्रियंका र अभिनेता आयुष्मान देशराज जोशीले आफ्नो सर्पोट बार्सिलोना फुटबल क्लबलाई रहेको बताएका थिए।
स्मरण रहोस् चलचित्र ‘कथा काठमाण्डु’को सेटबाट प्रेमको टुसा पलाएको यो जोडीले पछिल्लो समय ‘आयांक’ फाउण्डेसन खोलेर एकसाथ काम गर्दै आएका छन्।