राजदूत ढकालले दिइन् ओमानका वातावरणमन्त्री नेपाल आउन निम्ताे

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले ओमानका वातावरण तथा पर्यावरण मन्त्री महामहिम मोहम्मद विन सलिम विन सेद अल टोवीसँग भेट गरेकी छन्।

बुधबार भएको भेटमा राजदूत ढकालले २–४ अप्रिल, २०२० मा काठमाडौंमा आयोजना हुन गइरहेको ‘सगरमाथा सम्वाद’ कार्यक्रममा सहभागी हुनको लागि  नेपालका पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गरेकी छन्। 

भेटमा वातावरणमन्त्री अल टोवीले निमन्त्रणाको लागि धन्यवाद दिँदै नेपालमा हुन गइरहेको ‘सगरमाथा सम्वाद’को सफलताको लागि अग्रिम शुभकामना व्यक्त गरे। 

उनले कार्यक्रममा सहभागीता जनाउने क्रममा नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरे। भेटघाटको क्रममा वातावरण तथा पर्यावरणको क्षेत्रमा नेपाल र ओमानबीच सम्भावित समझदारी तथा समन्वयको विषयमा छलफल गरेको राजदूतावासले जनाएको छ। 

 

प्रकाशित मिति: : 2020-02-06 20:53:23

प्रतिकृया दिनुहोस्