आईसीसी विश्वकप लिग–२: ओमान र अमेरिका आमनेसामने हुँदै

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज बिहिबार ओमान र अमेरिका आमनेसामने हुँदैछन्।

नेपाल भ्रमणमा ओमानले एक खेलिसकेको छ। अमेरिका भने पहिलो खेल खेल्न लागेको हो। खेल कीर्तिपुर मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ।

यसअघि दुवै टिमले दुई सिरिज खेलिसकेका छन्।

अमेरिका ८ खेलमा ६ जित हात पार्दै १२ अंकका साथ तालिकाको शिर्ष स्थानमा छ।

ओमान ७ खेलमा ५ जित सहित १० अंकका साथ तालिकाको दोस्रो स्थानमा छ।

ओमानले भने दोस्रो सिरिजको दुई खेल गुमाएको थियो। उसको राजाको निधनका कारण दोस्रो सिरिजको अन्तिम २ खेल खेलेको थिएन।

ओमानले पहिलो खेलमा घरेलु टोली नेपाललाई कम रन बनेको खेलमा १८ रनले पराजित गरेको थियो।

दुवै टिम गत वर्ष भएको डिभिजन २ मा एकदिवसीय मान्यता पाएपछि लिग–२ का लागि छनोट भएका थिए।

नेपाल–ओमान र अमेरिकाबीच एक साता चल्ने त्रिदेशीय प्रतिस्पर्धामा हरेक देशले दुई–दुई गरी चार खेल खेल्नेछ।

जसमा प्रत्येक टिमले ४ वटा एकदिवसीय खेल खेल्नेछन्। सन् २०२३ मा हुने एकदिवसीय विश्वकप छनोट चरणमा पुग्ने प्रवेश ढोका भएकाले नेपालसहित ७ टोलीले प्रतिस्पर्धा गर्दैछन्।

टोलीका शीर्ष ३ टोली सोझै विश्वकप छनोट चरणमा पुग्नेछन्। समूहमा अहिलेसम्म ८ खेलबाट ६ खेल जितेको अमेरिका शीर्ष स्थानमा छ।

प्रकाशित मिति: : 2020-02-06 21:06:54

प्रतिकृया दिनुहोस्