प्राचीन कथामा आधारित भनिएको चलचित्र ‘प्रेम गीत–३’ को गीत ‘हात्ती ढुंगामा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ।
मनाङमा छायांकन गरिएको गीतको भिडियो कोरियोग्राफी कविराज गहतराजले गरेका छन्। गीतमा अभिनेता प्रदीप खड्का र नवोदित अभिनेत्री क्रिस्टिना गुरुङको नृत्य छ। अर्का अभिनेता सुनील थापा गीतको भिडियोमा झाँक्रीको भूमिकामा छन्।
यो गीतमा हर्क साउदको शब्द, कल्याण सिंहको संगीतमा सागर आले र मेलिना राईको स्वर छ। यो गीत अहिले युट्युवको ट्रेन्डिङ्ग नम्बर वानमा परेको छ। यो भिडियोलाई करिव १० लाखले हेरिसकेका छन्। ५८ हजार जनाले भिडियोमा लाइक गरेका छन् भने करिव ४७ सय जनाले डिसलाइक गरेका छन्।
छेतेन गुरुङ र सन्तोष सेनको निर्देशनमा बनेको चलचित्र प्रेम गीत ३ का निर्माता सन्तोष सेन छन्। चलचित्रका अन्य कलाकारमा शिव श्रेष्ठ, सुनील थापा, मनीष राउत, सन्तोष सेन, माओत्स गुरुङ, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, लक्ष्मी बर्देवा, समृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, राज थापा, सुजल बस्नेतलगायत छन्।
चलचित्र आगामी चैत २८ बाट देशव्यापी प्रदर्शनमा आउने भएको छ।