शालिक र शशी ‘आउन कान्छी’ बोलको गीत सार्वजनिक

बिएल संवाददाता

काठमाडाै‌ं

संगीतकार शालिकराम घिमिरेको संगीत तथा गायक शशीबिक्रम थापाको आवाजमा ‘आउन कान्छी’ बोलको गीत सार्वजनिक भएको छ। उक्त गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका छन्।

केही समय अगाडि ‘भजन संग्रह भाग १/२ एकैपटक सार्वजनिक गरेका शालिक र शशीले लोक आधुनिक विधालाई रोजेर यो गीत निकालेको बताएका छन्।

चलचित्रमा समेत संगीत र आवाज दिइसकेका शशीले अन्य गीत जस्तै यो गीतलाई पनि दर्शक तथा श्रोताहरुले मन पराउने आशा ब्यक्त गरेका छन्। गीतको भिडियोमा अनमोल केसी जस्तै देखिने अभिषेक श्रेष्ठको अभिनय रहेको छ। 

उनलाई चलचित्र मारुनीमा अभिनय गरेकी नायिका रेबिका गुरुङले साथ दिएकी छिन्। बुद्ध थापाले खिचेको यो गीतलाई निर्देशक निशान कश्यपले गरेका छन्। भिडियो संगीतकार शालिकराम घिमिरेको युट्युव मार्फत सार्वजनिक भएको छ।

प्रकाशित मिति: : 2020-02-07 00:51:37

प्रतिकृया दिनुहोस्