दोस्रो दिन पनि कांग्रेसले गर्‍याे सं‌सद अवरुद्ध

बिएल संवाददाता

काठमाडाै‌ं

प्रमुख विपक्षी नेपाली कांग्रेसले दोस्रो दिनपनि संसद अवरुद्ध गरेको छ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसभापति विजयकुमार गच्छदारविरुद्ध पूर्वाग्रही भएर मुद्दा चलाएको भन्दै कांग्रेसका सांसदहरूले सदन अवरुद्ध गरेका हुन्।

शुक्रबार संसदको विशेष समय लिएर बोल्दै सांसद मीन विश्वकर्माले आयोग सरकारको छायाँ बनेको आरोप लगाए। आफ्ना उपसभापति एवं संसदीय दलका उपनेता गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाइएको उनको दाबी छ।

‘सरकारको नियोजित कार्यक्रमभित्र कांग्रेसका मान्छे थुन्ने काम त भएको होइन भन्ने आशंका लागेको छ।’ उनले भने, ‘एउटा निर्दोषलाई पक्रिएर सारा दोषीलाई उन्मुक्ति दिन आयोगले खाेजेकाे छ।’

लगत्तै कांग्रेस सांसदहरु आआफ्नो स्थानमा उभिएर संसदमा अवरोध गरेका छन्। आयोगले बुधबार ललिता निवास प्रकरणमा गच्छदारसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

तत्कालीन प्रधानमन्त्रीलाई छुट दिएर प्रतिपक्ष भएकै कारणले उनलाई मुद्दा चालाइएको कांग्रेस को आरोप छ।

प्रकाशित मिति: : 2020-02-08 02:35:10

प्रतिकृया दिनुहोस्